Logo

खेलकुद

मड्रिड डर्बीमा रियलको जित



काठमाडौं । स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बीमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई २-१ गोल अन्तरले हराएको हो ।

एट्लेटिकोको मैदानमा रियललाई जित दिलाउन रोड्रिगो र फेडेरिको भाल्भर्डेले एक एक गोल गरे । घरेलु टोलीका लागि मारियो हेर्मोसोले एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा फेडेरिकोले गोल गर्दा रियलको अग्रता २-० को बन्यो । त्यसपछि खेलको ८३ औं मिनेटमा एट्लेटिकोका मारियोले गोल गरेपनि रियल २-१ ले विजयी भयो ।

यस्तै खेलको इन्जुरी समयमा गोलकर्ता मारियोले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । रियलले ६ खेलमा १८ अंक जोडेको छ । एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ७ : ५८ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।