Logo

खेलकुद

अजित र राजपुरालाई रोड रेस उपाधि



काठमाडौं । अखिल क्रान्तिकारीले आयोजन गरिएको काठमाण्डौ रोड रेस २०७९ मा उपाधि पिनाकल कलेजका अजितकुमार यादव पुरुष तर्फ र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले  जित्न सफल भएका छन् । 

५ किलोमिटको दौड अजितले १७ मिनट ४५.३ सेकेन्डका साथ र राजपुराले २० मिनट ३५.७५ सेकेन्डका साथ पुरा गरेका थिए । विजयी खेलाडीहरूले नगद २५ हजार, सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबका सन्तोष विक्रम बिष्टले निर्धारित दूरी २० मिनट ३५.७५ सेकेन्डका साथ पूरा गर्दै दोस्राे भए । यस्तै १८ मिनट ६.१ सेकेन्डका साथ त्रिभुवन आर्मी क्लबका मोहन देव जोशी तेस्राे भए ।

महिला तर्फ २० मिनट ५०.१५ सेकेन्डका साथ पुलिस क्लबकी राममाया बुढा दोश्रो र रेखा बिष्ट २१ मिनट ३.३५ सेकेन्डका साथ तेश्रो भए । दोस्राे र तेस्राे हुने खेलाडीहरूले मेडल, ट्रफी र प्रमाणपत्रका साथ क्रमशः नगद २० हजार र १५ हजार प्राप्त गरे ।

प्रतियोतिमा ३६५ पुरुष र ११२ जना महिला गरि कुल ४७७ जनाको सहभागिता रहेको थियो । रेस दशरथ रंगशालाबाट सुरु गरि थापाथली, माइतीघर, बबरमहल, बिजुलीबजार पुल हुँदै एभरेष्ट होटलको अगाडिको डिभाईडर हुँदै पुन:  रंगशालामा आएर समापन भएको थियो ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  १ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।