Logo

खेलकुद

साफ महिला फुटबलकाे उपाधि लक्ष्य अधुरै रहेपछि प्रशिक्षक थापाद्वारा राजीनामा



काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् । उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए ।

विगतमा भारत बाधक बन्दै आएकाे फाइनलमा यस पटक बंगलादेश तंगाराे बन्याे । ‘साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन । त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भने । दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएकाे हाे ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ९ : ०४ बजे