Logo

राजनीति

समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए बन्दसूची



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले निर्वाचन आयोगमा बन्दसूची बुझाएका छन् । आयोगले असोज २ र ३ गते बन्दसूची बुझाउने मिति तोकेको थियो । तर, ३ गतेको कार्यालय समयमा समेत नसकिएपछि रातभरसमेत दर्ता गर्ने कार्यक्रम जारी रह्यो । अझै दर्ता अध्यावधिकको क्रम चलिरहेको आयोगले जनाएको छ । 

प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका थिए  तीमध्ये ६८ दलले  समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएकामा हालसम्म ४८ दलले बन्दसूची बुझाएका हुन् । 

प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार  ८ : ०७ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।