Logo

प्रमुख समाचार

चोलेन्द्रकाे पक्षमा आज प्रदर्शन हुँदै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा



काठमाडौं । सर्वोच्च अदालत परिसरमा आज (मंगलबार) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने भएको छ । प्रदर्शन सूचना पाएपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज वीर गोर्खाली अभियान, एमाले निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो ।

गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा १०० ग्रुपले हस्तक्षेप गरेको थियो । यसपालि पनि त्यो हुन सक्ने सूचनापछि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ

। निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने प्रयासमा जबरा छन् ।प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइसकेका छ । तर संसद नभएको अवस्थामा उक्त महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको जबराको दाबी छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १२:०४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।