Logo

खेलकुद

एन्फाद्वारा ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा विभाजन गरेको छ । हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ ।

दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् । र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् । छनौट खेलहरु असोज ६ गते बिहीबारबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ । छनौट कात्तिक २४ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार  २ : ४० बजे