काठमाडौं । कानुन व्यवसायी प्रकाश अधिकारीले काठमाडौं–२ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका छन् । उनले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
अधिकारीले मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् । यस क्षेत्रबाट नेकपा एमालेले मणिराम फुयाँललाई अघि सारेको छ भने माओवादी केन्द्रबाट पूर्व सभामुख समेत रहेकी ओनसरी घर्तीको चर्चा छ ।
कांग्रेस क्षेत्रीय सभापति कविर शर्मा फुँयाल, महाधिवेशन प्रतिनिधि दिपक प्रसाद कुइँकेल, मनिष कोइराला र लोकेश ढकाल सिफारिस भएका छन् । यी नै प्रमुख राजनीतिक दलका उम्मेदवारहरुसँग अधिकारीले चुनाव लड्ने घोषणा गरेका हुन् ।
प्रतिक्रिया