Logo

प्रमुख समाचार

‘नागरिकता विधेयकसँग हाम्रो भाग्य र भविष्य जोडिएको छ’ भन्दै माइतीघरमा धर्ना



काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणमा ढिलासुस्ती भएको भन्दै काठमाडौंको माइतीघरमा धर्ना दिइएको छ । संघीय संसदका दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढिलासुस्ती गरेको भन्दै नागरिकताविहीन युवाहरूले धर्ना दिएका हुन् ।

उनीहरूले ‘नागरिकता विधेयकसँग हाम्रो’ भाग्य र भविष्य जोडिएको भन्दै विधेयक जारी गरिदिन राष्ट्रपतिसँग आग्रहसमेत गरेका छन् । संविधानले जन्मको आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले नागरिकता पाउने व्यवस्था गरे पनि कानुन नबन्दा नागरिकता पाउनबाट बञ्चित भएको भन्दै नागरिकताविहीन युवाहरूले संघर्ष समिति नै बनाएर लामो समयदेखि नागरिकता ऐन जारी गर्न माग गर्दै आएका छन् ।

आफूहरूले नागरिकता प्राप्त गर्न सक्ने गरी दुवै सदनबाट विधेयक पास भइसके पनि अब राष्ट्रपतिबाट संविधानको व्यवस्थाबमोजिम आफूहरूले नागरिकता पाउने अवस्थाबाट वञ्चित गर्ने प्रयास भइरहेको संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले बताए । उनले राष्ट्रपति भण्डारीले मंगलबार साँझसम्ममा विधेयक प्रमाणीकरण गर्ने आशा व्यक्त गरे ।

दोस्रोपटक संघीय संसद्‌बाट नागरिकता विधेयक पारित भएर राष्ट्रपति कार्यालय पुगेको १५ दिन पूरा भएको भए पनि विधेयक प्रमाणीकरण भएको छ । यस पटक पहिला जस्तो राष्ट्रपतिलाई विधेयक फिर्ता गर्ने संवैधानिक बाट छैन ।

प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार  ३ : २१ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।