काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरणमा आनाकानी गरिरहेका बेला नेता निधिले देशको दीर्घकालीन सुरक्षा, हित, मानव एवं नागरिक अधिकारको सम्मानका लागि विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका हुन् ।
संसदको दुवै सदनबाट पारित भइ भदौ २० गते राष्ट्रपतिकहाँ पठाइएको विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने मिति संवैधानिक व्यवस्थाअनुसार आज गुज्रिँदैछ । राष्ट्रपतिले सन्देशसहित यसअघि फिर्ता पठाएका विधेयक संसदले दोहर्याएर पारित गरी पठाएको हो । दास्रो पटक विधेयक फिर्ता गर्ने सुविधा राष्ट्रपतिलाई संविधानले दिएको छैन ।
प्रतिक्रिया