Logo

प्रमुख समाचार

बालेनकै लाइनमा ललितपुरका प्रमुख चिरिबाबु, अवैध संरचना हटाउन ३५ दिनको समयसीमा



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरभित्रका अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिइरहेका बेला ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि यस्तै अभियानलाई अघि बढाउने भएका छन् । ललितपुर महानगरले पनि नक्सा विपरीतका संरचना हटाउन ३५ दिनको हदम्यादसहितको सूचना जारी गरेको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत नगरी मापदण्ड विपरीत बनाइएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका स्लोप, टप, र्‍याम्प, सिँढी लगायतका संरचना ३५ दिनभित्र हटाइसक्न निर्देशन दिएको छ ।

सूचनाअनुसार नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु पनि खाली गरेर तोकिएको प्रयोजनामा लगाउन भनिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना सुधार्न वा हटाउन ३५ दिनको समय दिइएको छ ।

सम्बन्धिकत घरधनीले नहटाएमा महानगर आफैंले कानुन अनुसार संरचना हटाउने महानगरपालिकाले जनाएको छ । यसअघि काठमाडौंका मेयर साहले सुरु गरेका यो अयिभान अहिले पनि निरन्तर चलिरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १२:३६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।