काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नागरिक विधेयक प्रमाणीकरण नहुनुलाई ठूलो दुर्घटनाको संज्ञा दिएका छन् । उनले संसदले दोहोर्याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित नगर्नु ठुलो दुर्घटना भनेका छन् ।
निधिले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर संविधान, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि प्रतिगमनकारी प्रहार गरेको समेत उल्लेख गरेका छन् ।
‘संसदले दोहोर्याएर नागरिकता बिधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठुलो दुर्घटना हो’, सामाजिक संजालमा निधिले लेखेका छन्, ‘ विधान, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका माथि प्रतिगमनकारी प्रहार हो । राष्ट्रिय एकता र सामाजिक स्थीरतालाई विथोली द्वन्द सृजना गर्ने यो अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ ।’
प्रतिक्रिया