वीरगञ्ज । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध वीरगञ्जमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ पर्साले संयुक्त रुपमा वीरगञ्जमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले राष्ट्रपतिको राजीनामासमेत माग गरेका छन् । उनीहरुले राष्ट्रपतिको राजीनामा माग्दै ‘७ लाख नागरिकलाई नागरिकताविहीन बनाउन पाइँदैन’ भन्दै नाराबाजी गरको छन् । उनीहरुले वीरगञ्जको आदर्शनगर र मुर्ली चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया