हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संसदीय लोकतन्त्रमाथि प्रहार गरेको टिप्पणी गरेका छन् । बुधबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘जो संविधानको संरक्षक हो उनैले संविधानको उल्लंघन गरे ।’
यही विधेयकलाई अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याउँदा प्रमाणीकरण गरेको तर संघीय संसद्ले पर्निविचार गरेर दोस्रो पटक पठाएको विधेयक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान प्रतिकुल कदम चालेको उनले बताए । ‘अहिले हामीले लगेको विधेयकमा कुनै कमा, फुलस्टप फरक छैन । हिजो प्रमाणीकरण गर्न हुने, आज प्रमाणीकरण नगर्नु गलत हो । ’




















प्रतिक्रिया