काठमाडौं । राष्ट्रपतिको कदमविरुद्ध सत्तारूढ दल निकट विद्यार्थी संगठनहरूले काठमाडौंमा संयुक्त रूपमा प्रदर्शन गरेका छन् । संवैधानिक समय सीमाभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्ता गठबन्धनले यसलाई संवैधानिक व्यवस्थामाथिकै प्रहारका रुपमा लिएको छ ।
सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरु नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियूलगायतले बिहीबार संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् । राष्ट्रपतिको कदमविरुद्ध अनेक विकल्पको खोजीमा रहेका सत्ता गठबन्धन दलहरुले आफ्ना विद्यार्थी संगठनहरुलाई सडकमा उतारेका हुन् ।
संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक राष्ट्रपतिबाट फेरि पनि अस्वीकार हुन सक्छ भन्ने परिकल्पना नै संविधानले गरेको छैन । तर दोस्रो पटक पनि विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले अस्वीकार गरेपछि गम्भीर संवैधानिक अन्योल सिर्जना भएको छ ।
प्रतिक्रिया