काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडी बनेका अवैध संरचना आज (बिहीबार) हटाउँदै छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अवैध रुपमा बनेका ती टहराहरु बिहीबार भत्काउन लागिएको जानकारी दिए ।
उनका अनुसा बुधबार त्यहाँको टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिइएको थियो । सोही अनुसार बिहीबार दिउँसो डोजर लिएर त्यहाँ जान लागिएको उनले बताए । अस्पताल लगाडि अवैध रुपमा बेनका ती संरचनामा फार्फेसी सञ्चालन भएका छन् । महानगरले ३५ दिन अगाडि नै उक्त संरचना हटाउनेबारे फर्मेसी संचालकहरुलाई जानकारी गराइसकेको थियो ।
तर व्यवसायीहरुले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न समय लाग्ने भन्दै कम्तीमा सात दिनको समय दिन माग गरेका छन् । फार्मेसीमा आइसियु र भेन्टिलेटरमा प्रयोग हुने औषधिदेखि फ्रिजमा राखिरहनु पर्ने खोप लगायतका महत्वपूर्ण औषधि रहेकाले केही दिनको समय माग गरेको बताए ।
महानगरले भने यसअघि नै ३५ दिनको सूचना जारी गरेको र र औषधि पसल जस्तो संवेदनशील सेवा सञ्चालन भएकाले माइकिङ गरेर समय दिइएको जनाएको छ । वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन लागेको हो ।
प्रतिक्रिया