Logo

राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटको विषय टुंगाेमा पुर्‍याउने दाबी



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज (बिहीबार) बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिँउसो २ बजे बस्ने बैठकमा सिट बाँडफाँटको विषयमा छलफल हुने र अन्तिम टुंगो लगाउने प्रयास गरिने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

बुधबार दुईपटक बसेको गठबन्धन बैठक राष्ट्रपतिको पछिल्लो कदममा केन्द्रित भएको थियो । बिहीबारको बस्ने बैठक सिट बाँडफाँटमा केन्द्रित रहने नेताहरुले बताएका छन् ।

समानुपातिक तर्फको बन्द सूची पेश गर्नुपर्ने कारण अघिल्लो सातादेखि अवरुद्ध गठबन्धनको बैठक मंगलबारदेखि सुरु भएको छ। तर, नागरिकता विधेयक राष्ट्रपतले मंगलबार प्रमाणीकरण नगरेपछि गठबन्धन बुधबार त्यसमै अल्झेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १३:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।