Logo

मनोरञ्जन

अनु थिङसँग विवाह गर्दै अभिनेता बुद्धि तामाङ



काठमाडौं । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गर्दै छन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार हुन लागेको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

अभिनेता तामाङले मागी विवाह गर्न लागेका हुन् । ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीहरुको भेट भएको अभिनेता तामाङले बताएका छन् ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ७ : ३५ बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।