Logo

राजनीति

स्थलगत रिर्पोटिङमा खटिएका पत्रकारमाथि भएको कुटपिट निन्दनीय : प्रेस युनियन



काठमाडौं । स्थलगत रिर्पोटिङमा सर्लाही पुगेका अनलाइनपानाका दुई पत्रकारमाथि भएको कुटपिट घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । सर्लाहीको बागमती नगरपालिकामा रिर्पोटिङका क्रममा पुगेर फर्कने क्रममा बुधबार नलाइनपानाका प्रधान सम्पादक नारायण प्रसाद अधिकारी र पत्रकार शालिक भट्टमाथि बाटोमा कुटपिट भएको थियो ।

यस्तो घटनाले पत्रकारले स्वतन्त्रपूर्वक लेख्न पाउने अधिकार कुण्ठित हुने भन्दै युनियनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘समाचारको विषयमा चित्तनबुझे कानुनी उपचारमा जान सकिने व्यवस्था हुँदाहुँदै पत्रकारमाथि कुटपिट गर्ने कार्य निन्दनीय छ’ युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचार संकलन गर्न गएका पत्रकारलाई कुटपिटमा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन नेपाल प्रेस युनियन सम्बन्धित पक्षसँग माग गर्दछ । पत्रकारले स्वतन्त्रपूर्वक लेख्न पाउने अधिकारलाई कुण्ठित गर्ने प्रयास नगर्न युनियन आग्रह गर्दछ ।’

विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार २०:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।