Logo

मनोरञ्जन

मकवानपुरकी अनुसँग विवाह बन्धनमा बाँधिए अभिनेता बुद्धि तामाङ



काठमाडौं । अभिनेता बुद्धि तामाङ मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाँधिएका छन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा आज (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह भएको हो ।

विवाहमा दुवै पक्षका परिवारका सदस्यहरु, उनका साथीभाइ तथा कलाकारहरुको उपस्थिति छ । अभिनेता तामाङले मागी विवाह गरेका हुन् ।

३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीहरुको भेट भएको अभिनेता तामाङले बताएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १२:४६   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।