Logo

प्रमुख समाचार

बागमतीका मेयर भरतकुमार थापा : क्रुर जनप्रतिनिधि, चाहेर पनि प्रतिवाद गर्न सक्दैनन् स्थानीयवासी



काठमाडौं । भनिन्छ– जनप्रतिनिधि शासक होइनन्, जनताका सेवक हुन् । तर सबै जनप्रतिनिधि जनताको सेवक बन्न सक्दैनन् । अझ भनौं चाहँदैनन् । तर आफूलाई जानतको सेवक हो भनेर भन्न भने कहिल्यै छाेड्दैनन् । उनीहरुमा व्यवहारमा नभए पनि बचनमा भने जनताप्रतिको इमान्दारिता झल्किन्छ ।

तर सर्लाहीको बागमती नगरपालिका मेयर भरतकुमार थापा भने व्यवाहार र बचन दुवै हिसाबले जनतामाथि कठाेर शासन गर्ने क्रुर शासक बनेका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थापा हत्या आरोपित समेत हुन् ।

उनै मेयर थापा पालिकाभित्रका जनताको दुःख, अभाव र समस्याहरुमा सारथी बन्नुपर्ने बेला स्वयम् जनताका अनेक समस्याका कारण बनिरहेका छन् । अनधिकृत ताल निर्माण गरेर स्थानीयवासीलाई सुकुमबासी बनाएका उनको अन्य अनेक किसिमका क्रियाकलापबाट जनता पीडित बनिरहेका छन् ।

आज (शुक्रबार) नगर प्रमुख थापाकै कारण पूरै बागती नगरपालिकामा ध्वनी प्रदूषण भएको छ । अनलाइनपाना स्रोतका अनुसार आज कर्मैयाँ खानेपानी आयोजना भवनको छतमा चार वटा साउन्डसिस्टम चारतिर फार्काएर ठूलो भोल्यूममा घन्काइएको छ । जसले गर्दा पूरै नगरपालिका क्षेत्रमा अहिले ध्वनी प्रदूषण भएर बसिनसक्नु भएको एक स्थानीयले बताए ।

‘खानेपानी आयोजना भवनको छतमा चारवटा साउन्ड सिस्टम चारतिर फार्काएर राखिएको छ । अनि झ्याउने गीत ठूलो भोल्यूममा घन्काइएको छ’, स्रोतले भन्यो, ‘जसले गर्दा यहाँ बसिनसक्नु भएको छ ।’ ध्वनी प्रदूषणको प्रभाव त्यस क्षेत्रका विद्यालय, अस्पताल तथा सबै घरघरमा परेको उनले बताए । ‘यहाँका स्थानीयवासीसँगै विद्यालय, अस्पतालमा सबैतिर ठूलो आवाजमा बजाइएको झ्याउने गीतले गर्दा प्रभाव परेको छ’, ती स्थानीयकाे भनाइ छ ।

जनतालाई अनेक दुःख दिने यस्ता कार्यमा बागतीका प्रमुख थापासँगै उनकै भाइ रामकुमार थापा संलग्न हुने गरेका स्रोतको भनाइ छ । ‘उनीहरु दाजुभाइलाई साथ दिने केही समूह छ । त्यसबाहेक यहाँका अरु जनता पनि यीनीहरु (नगर प्रमुख थापा र उनका भाइ रामकुमार) को क्रियाकलापबाट आजित छन्’, अर्का स्थानीय भन्छन्, ‘तर बोल्न कोही सक्दैनन् ।’

जनप्रतिनिधिका नाममा जनतालाई दुःख दिने मात्र नभई प्रमुख थापाले नगरभित्रका नदीजन्य पदार्थ बेच्ने गरेका अनलाइनपाना स्रोतले बतायो । ‘नगरपालिकाभित्रका सबै ठाउँका गिट्टी, बालुवा सबै बेचिखाँदै छन् । सबै नदीनाला दोहनमा मेयर नै संलग्न छन्’, ‘स्रोत भन्छ, ‘कुनै पनि आयोजना टेन्डर प्रक्रियामा नलगी आ–आफ्नै मान्छेलाई दिन्छन् । त्यसरी न काम गुणस्तरीय हुन्छ । न छिट्टोछरितो ढंगले हुन्छ ।’

यी नगर प्रमुखका यी अनेक क्रियाकलाप र ज्यादतीविरु जनता आतंकित भएर प्रतिवाद गर्न नसकेका स्थानीय बताउँछन् ।

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  २ : ४७ बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।