Logo

कर्पोरेट फोकस

रु रु जलविद्युत परियोजनाले गर्यो २ आर्थिक बर्षको लाभांश घोषणा 



रु रु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लाभांश घोषणा गरेको छ । 

मंगलबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश र आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको हाे ।

प्रस्तावित लाभांश आगामी १५औँ र १६औँ वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीका अध्यक्ष आशिष सुवेदीले जानकारी दिए । 

प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार  १२ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।