काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा एमालेसहितका दलहरुसँग चुनावी तालमेल गर्नेबारे छलफल गर्न कार्यदल बनाएको छ । अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महत्तोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।
कार्यदलमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । कार्यदल गठन गर्दै अध्यक्ष ठाकुरले एमालेसहित अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्ने वातावरणका लागि छलफल गर्ने जिम्मेवारी दिएका छन् ।
लोसपाले यसअघि सत्ता गठबन्धनमा सामेल हुन लामो समय गृहकार्य गरेको थियो । तर गठबन्धन दलभित्र विवाद भएपछि लोसपा सत्ता गठबन्धनमा सामेल हुन पाएन । तर नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने लोसपालाई गठबन्धनमा सामेल गर्ने प्रयास गर्दै आएका छन् ।
प्रतिक्रिया