Logo

प्रमुख समाचार

कांग्रेस घोषणपत्र तयारी समितिले माग्याे प्रविधिका विभिन्न माध्यमबाट सुझाव



काठमाडौं । नेपाली कांग्रेसको घोषणपत्र तयारी समितिले विभिन्न प्रविधिको माध्यमबाट सुझाव पठाउन सबैसँग आग्रह गरेको छ । ‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ भनेर विविध धारणा राख्ने सबैको सुझाव लिने निर्णय निर्णय गर्दै समितिले सबैकाे सुझाव प्रविधिका विभिन्न माध्यमबाट पठाउने व्यवस्था मिलाएकाे हाे ।

घोषणा पत्र निर्माण क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सुरु गरिसकिएको भन्दै समितिले इमेल, फेसबुक, ट्विटर, ह्वाट्स एप, भाइवर, इमो, आवाज रेडर्क गराएर तथा क्यूआर कोड स्क्यान गरेर समेत सुझाव पठाउने व्यवस्था मिलाइएको जनाएको छ ।

कुन माध्यमबाट कसरी पठाउने थाहा पाउने तल हेर्नुहाेस्

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १८:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।