Logo

खेलकुद

इंग्ल्याण्डविरुद्ध इटालीको कठिन जित



एजेन्सी । युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली इटालीले जित हात पारेको छ । उसले लिग ‘ए’अन्तर्गत समूह ‘थ्री’ को खेलमा इंग्ल्याण्डविरुद्ध १-० काे कठिन जित हात पारेकाे हाे ।

सान सिराेमा खेलकाे ६८ औं मिनेटमा गियाकाेमाे रास्पडाेरीले गएकाे एक मात्र गाेल पाहुना टाेलीलाई जित दिलाउन निर्णायक बन्याे । उनले लियोनार्डो बोनुचीकाे पासलाई सदुपयोग गरेका थिए ।

याेसँगै इंग्ल्याण्ड सन् १९९२ पछि पहिलाेपटक लगातार पाँच प्रतिस्पर्धात्मक खेलमा जित विहिन बनेकाे छ । याे जितसँगै पाँच खेलमा ८ अंक जाेडेकाे इटाली दोस्रो स्थानमा उक्लिँदा हारसँगै रेलिगेसनमा परेकाे इंग्ल्याण्ड समान खेलबाट दुई अंकका साथ पुछरमा छ ।

लिग अन्तर्गतकै अन्य खेलमा बाेस्निया एण्ड हर्जगाेभिना र बुल्गेरियाले पनि जित हात पारेका छन् । 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार ०७:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।