काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्राजिल सजिलै विजयी भएका छन् । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले होन्डुरसलाई ३–० गोलले हरायो ।
अर्को खेलमा ब्राजिलले पनि घानालाई ३–० गोलले नै स्तब्ध बनायो । अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई तथा लोउटरो मार्टिनेजले एक गोल गरे ।
१६औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ६९औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई सजिलै जिताए ।
यसैगरी ब्राजिलको जितमा रिचार्लिसनले दुई तथा मार्किन्होसले एक गोल गरे । मार्किन्होसले नवौं मिनेटमा खाता खोलेका थिए । रिचार्लिसनले २८औं र ३९औं मिनेटमा दुई गोल गरे थिए । एजेन्सी
प्रतिक्रिया