Logo

खेलकुद

चेक रिपब्लिकविरुद्ध पाेर्चुगलकाे शानदार जित



काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत गएरातिकाे खेलमा पाेर्चुगल विजयी  भएकाे छ । ऊ लिग`ए´अन्तर्गत समूह दुईकाे खेलमा घरेलु टाेली चेक रिपब्लिक विरुद्ध ४–० ले विजयी भएकाे हाे ।

सिनाेबाे स्टेडियममा पार्चुगललाई फराकिलाे जित दिलाउन डिएगो डालाेटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगाे जाेटाले एक/ एक गाेल गरे ।

खेलकाे २३ औं मिनेटमा डालाेटकाे गाेलमार्फत पाेर्चुगलले अग्रता लिएकाे थियाे । ​पहिलाे हाफकाे थप गरिएकाे समयमा फर्नान्डेसले टाेलीकाे अग्रता दाेब्बर बनाए । थप गरिएकै समयमा प्याट्रिक सिक पेनाल्टीमा चुक्दा चेक रिपब्लिकले गाेल अन्तर कम गर्ने अवसर गुमाएकाे थियाे ।

५२ औं मिनेटमा डालाेटले व्यक्तिगत दोस्रो गाेल गर्दा पाेर्चुगल ३-० ले अघि बढ्याे । ८२ औं मिनेटमा जाेटाले गाेल गर्दै टाेलीलाई ४-० काे फराकिलाे जित दिलाए ।

जितसँगै पाँच खेलमा १० अंक जाेडेकाे पाेर्चुगल शीर्ष स्थानमा रहँदा चेक रिपब्लिक समान खेलबाट चार अंकका साथ पुछारमा छ । लिगअन्तर्गतकै अन्य खेलमा साइप्रस र सर्वियाले पनि जित हात पारेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार ०७:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।