Logo

राजनीति

नेपाली कांग्रेसको बन्दसूचीमा को-को ? (नामावलीसहित)



काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । जसमा विमलेन्द्र निधिदेखि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको समेत नाम समाविष्ट छ ।

उक्त बन्दसूची सार्वजनिक भएसँगै यता शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । आफूहरुको तर्फबाट न्यून संख्यामा मात्र समानुपातिक उम्मेदवार परेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको हो ।

शेखर पक्षका नेता अर्जुन नरसिंह केसीको नाम समानुपातिक तर्फ सिफारिस गरिए पनि बन्द सूचीमा राखिएको छैन । मेडिकल कलेज सञ्चालक विवादित व्यक्ति खुमाप्रसाद अर्याल भने बन्द सूचीमा अटेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार १०:०७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।