Logo

प्रमुख समाचार

निर्वाचन क्षेत्र केन्द्रित हुँदै प्रचण्ड, तीन दिन चितवनमै बिताउने



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन क्षेत्र केन्द्रित भएका छन् । निर्वाचन नजिकिँदै आएको बेला उनी आफ्नो गृहजिल्लासमते रहेको चितवन केन्द्रित भएका छन् ।

शनिबार बेलुका चितवन पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले यस पटक तीन दिन चितवनमै बिताउने भएका छन् । उनी चितवनका विभिन्न कार्यक्रम भ्याएर मंगलबार मात्रै काठमाडौं फर्किने कार्यतालिका रहेको माओवादी चितवनका अध्यक्ष आरसी अधिकारीले बताए ।

अधिकारीका अनुसार तीन दिन पार्टी प्रवेश, प्रशिक्षण, भेला लगायत चुनाव केन्द्रित कार्यक्रम राखिएको र प्रचण्ड यनी नै कार्यक्रममा व्यस्त हुने छन् ।

प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार  ११ : ०७ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।