Logo

प्रमुख समाचार

धनकुटा माओवादीमा फुट, पोलिट्व्यूरो सदस्य भण्डारीसहित एक दर्जन बढीले दिए सामूहिक राजीनामा

प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने दिने भण्डरीलाई सहयोग गर्ने



काठमाडौं । गठबन्धनका कारण धनकुटा माओवादी फुटको स्थितिमा परेको छ । माओवादी धनकुटाअन्तर्गत पोलिट्व्यूरो, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारीसहित एक दर्जनभन्दा बढी नेताहरुले सामूहिक राजिनमा दिएका छन् । पोलिट्व्यूरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषीराम ढुंगानासहितले सामूहिक राजीनाको घाषणा गरेका हुन् ।

माओवादीका प्रदेशका सह-सचिव ऋषिराम ढुंगानाका अनुसार आइतबारको बैठकपछि १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सबै पदाधिकारी र सदस्यहरुले राजीनामा दिएका हुन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा माओवादी केन्द्र धनकुटाको बैठकपछि विज्ञप्ति जारी गर्दै उनीहरुले सामूहिक राजिनामा दिएको जनाएका छन् ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा धनकुटामा माओवादीका पोलिट्व्यूरो सदस्य हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिने र भण्डारीको नेत्वमा चल्ने उक्त स्वतन्त्र अभियानलाई सहयोग गर्ने पनि निवर्तमान संयोज डिल्लीराम राईद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख छ ।

‘आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधारसहित प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारको रुपमा धनुटेली जनतामो जाने हेमराज भण्डारी (सुदर्शन)को प्रस्तावलाई पूर्ण रुप्मा समर्थन गर्दै उहाँको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय सार्वजनिक गर्न यस विज्ञप्ति मार्फत जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।

धनकुटामा वाम–लोकतान्त्रिक गठबन्धनका कारण प्रतिनिधिसभा निर्वाचन क्षेत्र विभाजनपछि माओवादीमा विवाद उत्पन्न भएको हो । धनकुटाबाट हेमराज भण्डारी निर्वाचन लड्ने तयारीमा थिए । गठबन्धनबाट धनकुटा माओवादीको भागमा नपरेपछि सामूहिक राजीनामा दिनुपरेको माओवादी नेताहरुले बताएका छन् ।

विज्ञप्ति हेर्नुहाेस्

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार १५:४७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।