काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको विदाइ गरिएको छ । दुई दिनपछि कार्की विदेश भ्रमणमा जाने र पदावधि सकिँदासम्म स्वदेश नफर्कने भएकाले उनलाई आइतबार नै सर्वोच्च अदालतले विदाइ गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आइतबार कामु प्रधानन्यायाधीश कार्कीको विदाइ गरिएको जानकारी दिए । ६५ वर्षे उमेर हदका कारण आगामी १७ असोजमा कामु प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतबाट अवकाश हुँदैछन् ।
दुई दिनपछि कार्की विदेश भ्रमणमा गएमा स्वतः वरिष्ठतम न्यायाधीशका हैसियतले हरिकृष्ण कार्की नयाँ कामु प्रधानन्यायाधीश हुनेछन् । महाभियोग प्रस्ताव दर्ता भएका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हाल निलम्बनमा छन् ।




















प्रतिक्रिया