Logo

राजनीति

राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई सरकारले मासिक ५० हजार उपलब्ध गराउने



काठमाडौं । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

यसअघि सरकारले व्याकुल माइलालाई मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । ‘यसअघि सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार  ९ : २८ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।