Logo

मनोरञ्जन

गायक एंव संगीतकार राजकुमार दोङ तामाङको ‘हे मेरी आमा’ बजारमा



काठमाडौं । गायक एंव संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ । एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ ।

फनिन्द्र राईले संगीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् । गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् ।

निशल पौडेलले छायांकन, विकास दाहालले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा चादनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गरेका छन् । बाल कलाकार रिसभ स्याङ्बाको अभिनय पनि समेटिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १५:५५   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।