काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीले अघि सारेका विचार कुनै तन्नेरीका भन्दा कम भएको बताएका छन् । राजनीतिमा उमेरले बुढो र युवा नहुने भन्दै उनले ओलीले गरेका काम पनि कुनै तन्नेरीले गरेकाभन्दा राम्रा रहेका बताए ।
एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघको कार्यक्रममा उनले भने, ‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीकाभन्दा कम छैनन्। केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेकाभन्दा राम्रा छन्। केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन् ।’
नेपालको राजनीतिमा युवा र खेलकुद क्षेत्रलाई सबैभन्दा पहिला अगाडि बढाउने पार्टी एमाले भएको उनको दाबी छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको उनले स्मरण गरे ।यस्तै
उनले यसपटकको चुनावलाई लडाइँको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताएका हुन् ।




















प्रतिक्रिया