Logo

प्रमुख समाचार

केही व्यक्तिको अमुक दल प्रवेशलाई सामान्य रुपमा लिइदिनु होला : समीक्षा बाँस्कोटा



काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले ‘केही व्यक्तिको अमुक दल प्रवेश’लाई सामान्य रुपमा लिइदिन अनुरोध गरेकी छिन् । पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहतर्फ लक्षित गर्दै उनले यसलाई समान्य लिइदिनुपर्ने बताएकी हुन् ।

मंगलबार राति भिडियो अपिल जारी गर्दै उनले विवेकशील साझा पार्टी एक ढिक्का रहेको दाबी गरेकी छन् । ‘विवेकशील साझा पार्टी २०७४ सालमा जुन प्रतिबद्धता पत्र सार्वजनिक गरेर स्थापना भएको थियो । आज पनि सोही कुरामा अडिग रहेर नागरिक माझ आइरहेको छ’, बाँस्कोटाले भनेकी छिन्, ‘आउँदै गरेको निर्वाचनमा विवेकशील साझा पार्टीले तराजु चिह्नमा भाग लिँदैछ भन्ने कुरा पनि म सबै जनालाई जानकारी गराउन चाहन्छु ।’

उनले पार्टीको मर्म, मूल सिद्धान्त, देश र नागरिक सामु गरिएका प्रतिबद्धतालाई नभुलिकन पार्टीका सम्पूर्ण नेतागण, पार्टीका जिम्मेवार सदस्य, शुभेच्छुक साथीहरु र नागरिक माझमा पनि विवेकशील साझाप्रति सोही उत्साह, जोश, जाँगर र हौसल्ला प्रदान गरिदिन अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार ११:४३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।