काठमाडौं । अमेरिकी सार्वजनिक मामिलासम्बन्धी कार्यवहाक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो दुईदिने भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् । आज (बुधबार) बिहान काठमाडौं आइपुगेकी उनी नेपालमा विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।
नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ट्रुडोले भ्रमपूर्ण समाचार र लोकतन्त्रमा सञ्चार माध्यमको भूमिकाबारे ‘राउन्ड टेबल’ अन्तरक्रिया गर्ने बताइएको छ । साथै, अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्ने कार्यक्रम पनि रहेको छ ।
ट्रुडो डेढ हप्तासम्म एसियाली मुलुकहरूमा रहनेछिन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार नेपालपछि उनी यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा निस्किने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया