Logo

प्रमुख समाचार

ठूला पार्टीको ब्रम्हलुट अन्त्य गर्न म ८१ वर्षको मान्छे पनि युवासँगै हिँड्छु : पशुपति शमशेर राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पशुपति शमशेर राणाले ठूला पार्टीका नेताहरुले देशमा गरिरहेको ब्रम्हलुटको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा भएको रवीन्द्र मिश्र समूहसँगको पार्टी एकता सभामा बोल्दै उनले भने, ‘म ८१ वर्षको मान्छेसमेत मिलेर ठूला पार्टीका नेताको ब्रम्हलुट अन्त्य गर्नुपर्छ । अति भयो यो पटकको चुनाव अरु बेलाको जस्तो होइन साँच्चिकै चुनाव हुनेछ । फेरबदल गरेरै छाड्ने हो ।’

नेता राणाले आगामी निर्वाचनमार्फत जनमत बटुलेर राप्रपाले विकासको अभियान छेड्नुपर्ने बताए । उनले यो मुलुकलाई उज्यालोतर्फ लैजान सिंगो राप्रपा लाग्ने भन्दै पार्टीका दुईजना युवा नेतासँगै देश बनाउन आफु पनि हिँड्न तयार रहेको बताए ।

प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार  ३ : १३ बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।