काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो बन्ने दबी गरेका छन् । अहिले नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको उनले दाबी गरे ।
बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा उनले भने, ‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो पार्टी बन्छ’ उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेका छन् । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ ।’
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने ठोकुवा गरे । राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेता कार्यकर्तामा हीन मानसिकता देखिएको पनि उनले बताए ।
अध्यक्ष लिङ्देनले पार्टीका नेता कार्यकर्तालाई चुनाव क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरेका छन् । उनले देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने बताएका छन् ।




















प्रतिक्रिया