काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की निवर्तमान सांसद चन्दा चौधरीलाई पार्टीमा प्रवेश गराएका छन् । देउवाले निर्वाचन आचारसंहिता लागू भएकै दिन आचारसंहिता विपरीत सरकारी निवासको दुरुपयोग गर्दै चौधरीलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
देउवा र प्रधानमन्त्रीपत्नी आरजु देउवाले नेता चौधरीलाई बालुवाटारमा बुधबार साँझ कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्दै स्वागत गरे । २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट समानुपातिकतर्फ सांसद रहेकी चौधरी गतवर्ष १८ दिने मन्त्री बनेकी थिइन् ।
उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, अदालतको आदेशका कारण उनको मन्त्री पद गएको थियो । नेताहरूका अनुसार चौधरीलाई सर्लाही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने आश्वासनसहित कांग्रेसमा प्रवेश गराइएको हो ।
प्रतिक्रिया