काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै उजुरी परेको हो ।
काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले आयोगमा उजुरी हालेका हुन् । उजुरीमा उनले संविधान र ऐनहरु समेत दलहरुले उल्लंघन गरेको उल्लेख गरेका छन् । अपाङ्ता भएका व्यक्ति समावेश नगरिएको बन्दसूचीलाई सच्याउन सूचित गर्न समेत आयोगलाई उनले आग्रह गरेका छन् ।
बन्दसूची बुझाउँदा दलहरुले संविधानकोे धारा १७६ (७), समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को नियम १३, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (६) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (६) को उल्लंघन गरिएको उजुरीकर्ताको दाबी छ ।




















प्रतिक्रिया