Logo

प्रमुख समाचार

राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्यप्त रहेको बताएका छन् । यसैकारण नेताहरूले विश्वास गुमाउँदै गइरहेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

बिहीबार अखिल नेपाल महिला संघ (समाजवादी)ले दसैं, तिहार, छठ लगायत चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने सुझाव दिएका थिए ।

अध्यक्ष नेपालले देशको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनेबारे आफूले सोचिरहेको पनि बताए । ‘यो कम्युनिस्ट पार्टीलाई व्यवस्थित रुपमा अगाडि बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्छ । र हामीले सोचिरहेका छौं कि, कसरी यो देशको सिंगो कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकियोस् । बलियो बनाउन सकियोस् । असल कार्यकर्ताहरू तयार गर्न सकियोस् । समाजका परिवर्तनका बाहकहरूलाई, इमान्दार मानिसहरूलाई, स्वच्छ छवि भएका व्यक्तिहरूलाई अगाडि बढाउन सकियोस् । किनभने हामी नै सबै हिसावले अगुवा हुन सकेनौं भने हामीले बोलेको कुराको कुनै अर्थ हुँदैन’, उनले भने ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार २१:११   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।