Logo

प्रमुख समाचार

कांग्रेसले पछिल्लो पटक केन्द्रीय सदस्यमा मनोनित भएकालाई समानुपातिक सूचीबाट हटाउने



काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो पटक केन्द्रीय सदस्यमा मनोनित भएकाहरूलाई समानुपातिकको बन्द सूचीबाट हटाउने भएको छ । संसदीय बोर्डको बिहीबार बसेको बैठकले पछिल्लो पटक मनोनित भएका १० केन्द्रीय सदस्यलाई समानुपातिकतर्फ नराख्ने निर्णय गरेको हो ।

साउन ३१ मा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति विस्तार गर्ने क्रममा १० महिला थपेका थिए । कांग्रेसको निर्णय अनुसार केन्द्रीय सदस्यहरू किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई , गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा समानुपातिकको उम्मेदवार बन्न नपाउने भएका छन् ।

साथै, ६ भातृ संस्थामा मनोनित भएका अध्यक्षलाई पनि समानुपातिकको उम्मेदवार नबनाउने मापदण्ड बनेको बताइएको छ । सामानुपातिक तर्फको बन्द सूची सच्याउने वा हेरफेर गर्नको लागि निर्वाचन आयोगले तोकेको एक दिन मात्रै बाँकी छ ।

बन्द सूचीप्रति असन्तुष्ट रहेको डा. शेखर कोइराला पक्षले बन्द सूची सच्याउन माग गरिरहेका बेला यस्तो निर्णय भएको हो । भोलि (शुक्रबार)सम्ममा पनि सूची नसच्याइए आफूहरुले सशक्त आन्दोलन चर्को ‘विद्रोही’ पक्षको चेतावनी छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार २१:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।