अमेरिकी औषधि निर्माता कम्पनीले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप परीक्षण स्थगित भएको छ । जोन्सन एन्ड जोन्सनले कम्पनीले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप परीक्षण रोकिएको हो । खोप परीक्षण गरिएका एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकिएको कम्पनीले जानकारी दिएको छ ।
तेस्रो चरणको इन्सेम्बल परीक्षण अन्तर्गत कम्पनीले करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको थियो ।
अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, अमेरिकालगायतका मुलुकबाट परीक्षणमा सहभागी हुने व्यक्ति छनोट भइसकेको अवस्थामा खोपको असर देखिएपछि कोरोनाको भ्याक्सिन विकासमा ढिलाई हुने भएको छ ।
प्रतिक्रिया