काठमाडाैं । गायक सन्तोष कटवालको स्वरमा रहेको “ए सानी” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्तोष कटवालकै शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार पारिएकाे गीतमा माैलिक नेपाली शब्दहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
मायालु प्रेमिल जोडीबीचकाे प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । म्युजिक भिडियोमा सन्तोष र मौसमी खनालको अभिनय देख्न सकिन्छ । दिनेश पराजुलीको छायाँकन तथा अमृत चापागाईँको सम्पादन र पछिल्लो समयमा नेपाली सुगम संगीतको निर्देशनमा सर्वाधिक चर्चामा रहेका भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहाेस् भिडियाे





















प्रतिक्रिया