Logo

मनोरञ्जन

सन्तोष कटवालको ‘ए सानी’सार्वजनिक



काठमाडाैं । गायक सन्तोष  कटवालको स्वरमा रहेको “ए सानी” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्तोष कटवालकै शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार पारिएकाे गीतमा माैलिक नेपाली शब्दहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

मायालु प्रेमिल जोडीबीचकाे प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । म्युजिक भिडियोमा सन्तोष र मौसमी खनालको अभिनय देख्न सकिन्छ । दिनेश पराजुलीको छायाँकन तथा अमृत चापागाईँको सम्पादन र पछिल्लो समयमा नेपाली सुगम संगीतको निर्देशनमा सर्वाधिक चर्चामा रहेका भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १६:२६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।