काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्दसूचीमा नाम भएकाहरुलाई नाम फिर्ता लिन चाहेमा आज (सोमबार)को समय तोकेको छ । आइतबारसम्म बन्दसूची सच्याउने समय दिएको आयोगले सोमबार नाम फिर्ता लिन चाहनेलाई समय दिएको हो ।
बन्दसूचीको अन्तिम नामावली २२ गते प्रकाशन हुने आयोगले जनाएको छ । “बन्दसूचीमा नाम भएकाले फिर्ता लिन चाहेमा आज फिर्ता लिन सक्नेछन् । नाम फिर्ता लिएको जानकारी दललाई गराउनुपर्छ,” आयोगले भनेको छ ।
समानुपातिकतर्फ प्रतिनिधिसभामा ४८ दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।
आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार शनिबार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित ९ वटा दलले संशोधित बन्दसूची पेस गरेका थिए ।




















प्रतिक्रिया