काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सविधान जोगाउँदै परिवर्तनको रक्षा गर्ने एजेन्डा लिएर आगामी चुनावका जाने बताएका छन् । विजया दशमी तथा शुभ दिपावली र छठ पर्वका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका हुन् ।
नेता पौडेलले देशमा संक्रमणकालीन अवस्थामा अझै कायम रहेको भन्दै व्यवस्थामाथि संकट अहिले पनि कायम रहेको बताए । ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूती भइरहेको छ । पहिलो एजेण्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो’, पौडेलले भिडियो सन्देशमा भनेका छन् । उनले नेपाललाई सुशासन दिएर नेपालको उन्नती प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफुलाई अनुभूति भइरहेको उल्लेख गरेका छन् ।
नेता पाैडेलले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहीत गर्न जरुरी रहेको बताएका छन् । उनले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन् । ‘मुलुकको हितको लागि र समाजिक न्यायको लागि हामी डटिरहेका छौ । मुलुकलाई उन्नतीको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौ’, पौडेलले भिडियो सन्देशमा भनेका छन् ।
पौडेलले नेपालको उन्नतीको बाटोलाई अगाडि बढाउदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउदै गर्ने प्रवृतिहरुलाई निरुत्साहीत पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षामता र नैतिक शक्तिको आवश्यकता हुने बताए ।




















प्रतिक्रिया