Logo

प्रमुख समाचार

माओवादी केन्द्रीय सदस्य छक्कबहादुर लामा एमालेमा प्रवेश, ओलीले गरे स्वागत



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा ओलीले लामालाई पार्टीमा स्वागत गरे ।

लामाले ०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवार विरुद्ध बागी उठेर चुनाव जितेका थिए । उनी राजाकै पालामा एकपटक मन्त्रीसमेत भइसकेका व्यक्ति हुन् ।

प्रतिनिधिसभाका सांसदसमेत रहेका उनी माओवादीको केन्द्रीय सदस्यसमेत थिए । हुम्लामा लामा पार्टी भन्दा पनि व्यक्तिगत रुपमा बलिया नेताका रुपमा परिचित छन् । हुम्लामा प्रतिनिधि सभाको उम्मेदवारका लागि कार्चेन लामालाई माओवादीले सिफारिस गरेको छ।

उनी आसन्न निर्वाचनमा प्रतिनिधिसभाको लागि सिफारिस नभएपछि एमाले प्रवेश गरेका बताइएको छ ।

प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार  १ : १३ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।