Logo

राजनीति

प्रतिनिधि सभा भंग गर्नेलाई सजाय दिने अवसर आयो, मन्त्री चौधरी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।

एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘सबै मिलेर विगतमा पञ्चायत फालियो । राजतन्त्र फालियो । नयाँ संविधानमार्फत् गणतन्त्र पनि सबै मिल्दा मात्र संभव भएको हो । अब फेरि जसले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा दुई दुई पटक भंग गर्यो त्यसलाई सजाय दिने सुनौलो अवसर आएको छ ।’

नयाँ संविधान समावेसी, प्रगतिशील, महिला मैत्री, सीमान्तकृत जन जातिका पक्षमा रहेकाले यसलाई समाप्त पार्न केपी ओली लागेको बताउँदै मन्त्री चौधरीले थपे, ‘विश्वमै उत्कृष्ट संविधान हामीले बनाएका थियौँ । जनताको ठुलो त्याग र बलिदानबाट बनेको नयाँ संविधानमाथि किन निरन्तर प्रहार भयो, किन त्यत्रो उपलब्धि समाप्त पार्न खोजियो भन्ने कुरा अब जनताले बुझिसकेका छन् । राष्ट्रिय सभाको चुनावदेखि स्थानीय चुनावसम्म आइपुग्दा ओलीजीको एमाले पार्टी रक्षात्मक बन्दै गएको छ र अबको चुनावबाट समाप्त हुने दिशातर्फ उन्मुख भएको छ ।’

प्रकाशित मिति : आश्विन १८, २०७९ मंगलबार  ५ : ०३ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।