Logo

खेलकुद

नेपाल थाइल्यान्डसँग पराजित



भियतनाममा जारी एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधवार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको हो ।

थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे । ३०औँ मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले अग्रता लिएको थियो । ६५औँ मिनेटमा तातावानले व्यक्तिगत दोस्रो गोल गरेका थिए भने, ७८औँ मिनेटमा थानाक्रितले थाइल्यान्डका लागि तेस्रो गोल गरे । त्यसपछि खेलमा थप गोल हुन सकेन । नेपालले थाइल्याण्डलाई ३–०को नतिजा सुम्पिनुपर्‍यो ।

समूह ‘एफ’मा रहेको नेपालले शुक्रवार दोस्रो खेलमा घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतवार चाइनिज ताइपेईको सामना गर्नेछ । छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार १९:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।