Logo

खेलकुद

सन्दीप लामिछाने स्वदेश फर्किए, विमानस्थलबाटै पक्राउ



काठमाडौं । बलात्कार आरोपित राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई काठमाडौं अवतरण गर्नासाथ प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । त्यसपछि अनुसन्धानलाई अघि बढाउने क्रममा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीबाट निलम्बन गरेको हो ।

उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपालबाहिर थिए । सन्दीपले आफूमाथिको आरोप निराधार रहेको भन्दै त्यसको डटेर समाना गर्ने बताएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार ११:१४   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।